प्रधानमन्त्री शाह विश्वका १०० प्रभावशाली व्यक्तिमा परेपछि रास्वपाद्वारा बधाई ज्ञापन

प्रधानमन्त्री शाह विश्वका १०० प्रभावशाली व्यक्तिमा परेपछि रास्वपाद्वारा बधाई ज्ञापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं संसदीय दलका नेता वालेन्द्र शाह ‘बालेन’ टाईम्स म्यागेजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा सूचीकृत भएकोमा हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गरेको छ ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा प्रधानमन्त्री शाहलाई ऐतिहासिक उपलब्धिको अवसरमा बधाई दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री शाहको गौरवपूर्ण उपलब्धिले समग्र राष्ट्रको प्रतिष्ठा विश्वस्तरमा चुलिएको उल्लेख गरे । उनले यसले नेपालको लोकतान्त्रिक मूल्य–मान्यता, जवाफदेहिता र राजनीतिक रूपान्तरणप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने निष्कर्ष समेत व्यक्त गरे ।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले भने, ‘प्रधानमन्त्रीज्यूलाई प्राप्त अन्तर्राष्ट्रिय सम्मानले देशको छवि उच्च बनाउनुका साथै आगामी दिनमा सुशासन र विकासका कार्यमा थप उर्जा प्रदान गर्ने विश्वास संसदीय दलले लिएको छ ।’

विश्वप्रसिद्ध अमेरिकी म्यागेजिन टाईम्सले हरेक वर्ष विश्वभरबाट विभिन्न क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्न सफल १०० व्यक्तिहरूको सूची सार्वजनिक गर्ने गर्दछ । यस वर्ष प्रधानमन्त्री शाह नाम सूचीमा अटाउनु नेपालका लागि ठूलो कूटनीतिक र राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।