काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक भोलि आईतबार दिउँसो बस्ने भएको छ ।
रास्वपाले ६ बुँदे विषयमा छलफलका लागि आईतबार दिउँसो साढे ३ बजे सचिवालय बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र विभागमा मनोनयन विषयमा छलफल तय भएको छ ।
बैठकले महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरूबाट योजना आह्वान लगायतका विषयमा पनि छलफल गर्नेछ । बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी पनि तय गर्ने जनाइएको छ ।
संसदीय दलको कार्यविधि र प्राविधिक सहायताको विषयमा पनि बैठकले छलफल गर्ने जनाइएको छ ।




प्रतिक्रिया