काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको लेबी परिमार्जन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो ।
प्रवक्ता मनिष झाका अनुसार सांसदहरूको लेबी १५ हजार तोकिएको छ भने मन्त्रीहरू र मन्त्रीका स्वकीय सचिवहरूको लेबी यथावत राखिएको छ ।
यसअघि सांसदहरूका लागि साढे १६ हजार लेबी तोकिएको थियो भने मन्त्रीहरूको लेबी १८ हजार तोकिएको थियो । यस्तै मन्त्रीका स्वकीय सचिवहरूको पनि लेबी २ हजार तोकिएको थियो ।




प्रतिक्रिया