काठमाण्डु– युएईविरुद्धको टी–२० आई क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ। डीएलएस मेथडमा भएकाे खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।
नेपालले १९ औँ ओभरमा १ सय २२ रन बनाएपछि वर्षाले खेल प्रभावित भएपछि १० ओभर घटाइएको थियो। ओभर घटाइएपछि युएईले ७८ रनको नयाँ लक्ष्य पाएको थियो।
उक्त लक्ष्य यूएईले ८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
यूएईका लागि कप्तान मुहम्मद वसिमले सर्वाधिक ३३ रन जोडे भने अलिशान शराफुले १८ तथा अक्षदीप नाथले अविजित १७ रनको योगदान दिए ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले १ विकेट हात पारे ।
कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन जोड्दा वर्षाले खेल रोकिएको थियो ।
नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३२, कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले १३र१३ रन जोडे ।
बलिङतर्फ यूएईका मुहम्मद जुहैबले तीन, जुनैद सिद्दिकीले दुई तथा हैदर अली र मुहम्मद अर्फानले एक/एक विकेट लिए ।अन्तिम तथा दोस्रो खेल भोलि हुनेछ ।




प्रतिक्रिया