गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । गृहमन्त्रीले बुधबार दिँउसो प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएका हुन् ।

विवादस्पद व्यापारी दीपक भट्ट समेत प्रमुख संस्थापक रहेको कम्पनीमा गुरुङको ५० हजार कित्ता संस्थापक सेयर रहेको सार्वजनिक भएपछि उनि विवादमा आएका थिए । 

गुरुङसंग स्टार माइक्रो इन्स्योरेन्स र लिबटी माइक्रो लाइफमा २५\२५ हजार कित्ता सेयर भेटिएको थियो । यद्यपी उनले आफ्नो लगानिको स्रोत भने प्रधानमन्त्री बालेन शाह र उनका सल्लाहकार कुमार वेनलाई बुझाएका थिए । 

प्रधानमन्त्रीको टीमले समेत उनको लगानिबारे गोप्य रुपमा अनुसन्धान गरेको थियो । आफ्नो बारेमा प्रश्न उठेपछि गृहमन्त्री गुरुङले पनि आफु राजीनामा दिएर सघाउन तयार रहेको बताएका थिए । 

भट्ट समेत लगानिकर्ता रहेको कम्पनीमा उनको सेयर देखिएपछि उनलाई राजीनामा गर्न दबाव थियो । राजीनामाका लागि उनले प्रधानमन्त्री शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार वेनसंग मंगलवार छलफल गरेका थिए । शेखर गोल्छासहित केही व्यापारीमाथि अनुसन्धान अघि बढेपछि उनलाई हटाउन लविङ सुरु भएको थियो ।  

उनलाई हटाएर तत्काल गृहमन्त्री नबनाउने र सरकारले गृहमन्त्री गुरुङको बारेमा छानविन गर्न संसदिय समिति बनाउने तयारी रहेकाे थियाे । संसदिय समितिको प्रतिवेदनका आधारमा उनलाई मन्त्रीको रुपमा फेरी फर्काउने कि अर्को मन्त्री नियुक्त गर्ने भन्ने निर्णय हुनेछ ।

‘सुशासनको बारेमा हामि कसैसंग कुनै पनि प्रकारको सम्झौंता गर्दैनौं । जेन्जी आन्दोलनको भावना र जनताको जनमतभन्दा ठुलो हाम्रो लागि केही हैन । उहांलाई पनि छानविन भएपछि आफ्नो बारेमा उठेको प्रश्नको जवाफ दिने मौका हो ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । 

गृहमन्त्री नियुक्त भएलगत्तै गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, विचौलीयाको रुपमा चिनिएका व्यापारी दीपक भट्टलगायतलाई थुनामा पठाएका थिए । बुधबार पनि केही शक्तिशाली व्यापारी विरुद्ध उनले कारवाही अघि बढाउने तयारी गरेका छन् ।