शेखर गोल्छा र राजबहादुर शाहलाई पक्राउ गर्ने तयारी

शेखर गोल्छा र राजबहादुर शाहलाई पक्राउ गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीले हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष शेखर गोल्छासहित तीन जना व्यवसायीलाई पक्राउ गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रतिवेदनका आधारमा गोल्छासँगै ऋषीराज मोर, सन्दीप चाचान र राजबहादुर शाहविरुद्ध मुद्दा चलाउने तयारी भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई आजै पक्राउ गरी मुद्दा अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ। उनीहरूलाई पक्राउ गर्न सीआईबीले पक्राउ पुर्जीसमेत अदालतबाट लिइसकेको छ ।

मंगलबार गृहमन्त्री सुदन गुरुङले सम्पत्ति शुद्धीकरणसँग जोडिएको मुद्दामा कसरी अघि बढ्ने भन्ने विषयमा सुरक्षा निकायका अधिकारी, महान्यायाधिवक्ता तथा कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका थिए।

धितोपत्र बोर्डका निर्देशक रुपेश केसीको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गर्न लागिएको हो। धितोपत्र कारोबारमा कसुर गरेको ठहर गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन खोजिएको जनाइएको छ।

सेबोनको निष्कर्ष : दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छासहित अन्यलाई कारबाही सिफारिस