इजरायलमा मतगणना जारी, नेतान्याहु पक्षको बहुमत खुम्चिँदै

इजरायलमा मतगणना जारी, नेतान्याहु पक्षको बहुमत खुम्चिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –इजरायलको आमनिर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनको अग्रता खुम्चिन थालेको छ।

द टाइम्स अफ इजरायलका अनुसार बुधबार बिहान ४ बजेर ५१ मिनेटसम्म ३२.५ प्रतिशत मतपेटिकाको गणना हुँदा नेतान्याहु समर्थक गठबन्धनले ५९ सिट प्राप्त गर्ने देखिएको छ।

नेतान्याहुविरोधी गठबन्धनले भने ४६ सिट पाउने प्रारम्भिक अनुमान छ।

यसअघि सार्वजनिक प्रारम्भिक नतिजामा नेतान्याहु समर्थक गठबन्धनले इजरायलको संसद् नेसेटका १२० मध्ये बहुमतका लागि आवश्यक ६१ सिट पार गर्ने देखिएको थियो। तर, थप मतगणनासँगै दुई पक्षबीचको अन्तर घटेको छ।

इजरायलमा संसद्मा बहुमत हासिल गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ। पछिल्लो प्रारम्भिक नतिजाअनुसार नेतान्याहु समर्थक गठबन्धन बहुमतभन्दा दुई सिट पछाडि देखिएको छ।

यसैबीच, तीन दलले हालसम्म संसद्मा प्रतिनिधित्वका लागि आवश्यक न्यूनतम मत प्रतिशतसमेत कटाउन सकेका छैनन्।

रिजर्भिस्ट्स पार्टीले २.७ प्रतिशत, पिपुल अफ इजरायलले १.८ प्रतिशत र चारेदी पब्लिकले ०.३ प्रतिशत मत प्राप्त गरेका छन्। इजरायलमा संसद्मा प्रवेश गर्न कुनै दलले कम्तीमा ३.२५ प्रतिशत मत प्राप्त गर्नुपर्छ।

मतगणना अझै जारी रहेकाले नतिजा परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले जनाएका छन्। सैनिकसहितका मतदाताले दोहोरो खाममा हालेका मतको गणना पछि गरिने भएकाले अन्तिम परिणाम आउन बाँकी छ।