काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । बुधबार प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
प्रसाईँले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगमा मुद्दा दायर गरिएको छ ।
प्रसाईँले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।




प्रतिक्रिया