ओमनले नेपाललाई दियाे २८१ रनको लक्ष्य

ओमनले नेपाललाई दियाे २८१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पहिलो एक दिवसीय खेलमा ओमनले नेपाल ‘ए’लाई २८१ रनको लक्ष्य दिएको छ। बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमनले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन जोडेको हो ।

ओमनका लागि मुजिबुर अलीले सर्वाधिक ७२, ओपनर जतिन्दर सिंहले ५८, हासिर दाफेदारले ४६, आशिष ओडेडाराले २७ र विनायक शुक्लाले २५, जितेन कुमार रामानन्दी १७ र फैसल शाह ५ रनमा अविजित रहे।

नेपालका लागि आकाश चन्दले ४ , सन्तोष यादवले २, साहब आलम, शेर मल्ल र रासिद खानले समान एक–एक विकेट लिए ।