काठमाण्डु – आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ ।
राजनीतिक परिवेशको सिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मचारीलाई स्थायी रोजगार दिएको थियो भने अप्रत्यक्ष रुपमा तीन हजार भन्दा बढीले रोजगारी पाएका थिए ।
एक समयमा देशैभरिमा सबैभन्दा बढि आम्दनी गर्ने यो कारखाना राजनीतिक नियुक्तिको होडबाजीका कारण घाटामा गयो ।
कारखानाको जनकपुरमा मात्र ३३ विघा ६ कठ्ठा जग्गा छ भने अन्य २२ ठाउँमा पनि जग्गा छ ।
जनकपुरधाममा रहेको कारखाना परिसरमा चुरोट बनाउने मात्र नभएर प्रिन्टिङ प्रेस (छापाखाना), वर्क सप, पावर हाउस पनि रहेको छ । रसियाबाट ल्याइएको मेसिनहरु अहिलेसम्ममा खासै क्षति भएको देखिदैन ।
हाल सुरक्षाका निम्ति कारखानामा ७ जना कर्मचारी छन्। जेनजी आन्दोलनमा सुरक्षा गार्ड बस्ने भवन र अन्य प्रवेशद्वारमा रहेको भवनमा क्षती पुगेपनि मेसिनहरुमा भने कुनै क्षती पुगेको छैन । ससाना मेसिनका पार्टसहरु चोरी भएपनि मुख्य मेसिनहरु अहिलेपनि यथास्थितीमा पुनः सुचारु हुने पर्खाइमा रहेको छ ।
रास्वपा नेतृत्वको सरकारले देशमै रोजगारी सृजना गर्ने प्रतिवद्धता जाहेर गरेको छ । धनुषावासीहरु जनकपुर चुरोट कारखाना पनि पुनः सुचारु हुने आशामा छन् ।













प्रतिक्रिया