मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मोटरसाइकलको ठक्करबाट सिरहामा ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा सवारीसाधन दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो ।

बिहीबार दिउँसो करिब १२ बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र २–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी खजिजालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।