संविधान संशोधन बहसपत्र निर्माण कार्यदलको कार्ययोजना स्वीकृत

संविधान संशोधन बहसपत्र निर्माण कार्यदलको कार्ययोजना स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’को दोस्रो बैठक बिहीबार सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजेदेखि झण्डै २ घण्टासम्म चलेको बैठकमा कार्यदलका सदस्य सचिव एवं कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकले कार्यदलका सबै सदस्यहरूको सुझाव समेत समेटेर कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको छ ।

स्वीकृत कार्ययोजनाअनुसार आगामी सोमबारदेखि हरेक दिन दिउँसो ३ बजे विज्ञ तथा सरोकारवालाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आमन्त्रण गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकको अध्यक्षता गरेका कार्यदलका संयोजक शाहले कार्यादलले पूर्वनिर्धारित समयमै आफ्नो जिम्मेवारी सम्पन्न गरेर सरकारलाई बहसपत्र पेश गर्ने दृढता व्यक्त गरे । उनीहरूले कार्यदलका सदस्यहरूले पनि खुलेर साथ दिइरहेका र आगामी दिनमा पनि सोही किसिमको साथको अपेक्षा गरेको बताए ।