काठमाण्डु- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखाएको आरोप लगाएका छन् ।शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सुकुमवासी बस्तीहरु भत्काउने सरकारको कदमप्रति खेद प्रकट गर्दै निरंकुश चरित्र देखाएको आरोप लगाएका हुन् ।
यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै सो पार्टीले यस्ता गतिविधि रोक्न माग गरेका छन् ।
उनले भनेका छन्, ‘हाल सरकारले देशका विभिन्न स्थानहरुमा रहेका सुकुमवासी बस्तीहरुमा गरीब जनताका बासस्थान भत्काइरहेको घटना (संविधानको धारा ३७ को उपधारा १ को बर्खिलाप हुने गरीको घटना) प्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि अविलम्ब रोकी उचित क्षतिपूर्तिसहित उचित पुनर्बास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढोस् भन्ने सुझाव दिन्छौं ।’
यस्तै उनले संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको आरोप लगाएका हुन् ।
सरकारले निरंकुश चरित्र देखाएको आरोप उनले लगाएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी बुट, बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले -संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको छ ।’
यस्ताे छ विज्ञप्ति :-





प्रतिक्रिया