आईसीसी विश्वकप लिग–२ : नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै

आईसीसी विश्वकप लिग–२ : नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज सुरु भएको छ । पहिलो खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।

यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल हुनेछ । जसमा नेपालले कम्तिमा ५ खेल जितेमात्र प्रतियोगितामा शीर्ष ६ भित्र प्रवेश गर्ने छ ।

नेपाल र यूएईबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेल जितेको छ ।

यसै साता दुई खेलको टी–२० आई सिरिज खेलेका दुबै टोलीले १–१ अंक बाढेका थिए ।

नेपालले आज यूएईपछि वैशाख १६ गते बुधबार ओमानसँग, वैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ।

यस्तै ओमान र यूएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ। उक्त श्रृङ्खला वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ।

नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी