११ वर्षमा पनि बनेनन् भूकम्पले भत्काएका सांस्कृतिक सम्पदाहरू

११ वर्षमा पनि बनेनन् भूकम्पले भत्काएका सांस्कृतिक सम्पदाहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज ११औँ भूकम्प स्मृति दिवस मनाइँदैछ। विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस हरेक वर्ष मनाइँदै आएको छ।

तर भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि धेरै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्य अझै पूरा हुन सकेको छैन।

पुनर्निर्माणमा ढिलाइ हुँदा कतिपय सम्पदाहरू अझै अधुरै अवस्थामा छन्, जसले हाम्रो सांस्कृतिक धरोहर संरक्षणमा चुनौती थपेको छ।

७.६ म्याग्निच्युडको उक्त भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो। भूकम्पका कारण ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए। हजारौं घर, विद्यालय, स्वास्थ्य संस्था तथा ऐतिहासिक संरचनाहरू ध्वस्त भएका थिए।