पूर्वआइजीपीहरुले भने- बालेन सरकारले प्रहरीको जिउँदो इतिहास जोगायो

पूर्वआइजीपीहरुले भने- बालेन सरकारले प्रहरीको जिउँदो इतिहास जोगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरुको संस्था -पूर्वआईजिपी मञ्चले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरी तालिम केन्द्रमै फिर्ता ल्याउने सरकारको निर्णयको स्वागत गरेको छ ।

मञ्चले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको सराहना गरेको हो ।

सरकारले प्रहरीको जिउँदो इतिहासको रक्षा गरेको मञ्चको भनाइ छ । ‘संगठनको मानव स्रोत व्ययवस्थापनमा अनुपम प्रस्थान बिन्दुको रुपमा रहेको प्रहरी एकेडेमी कुनै सरकारी संयन्त्र वा प्रतिष्ठान मात्र थिएन । त्यो त प्रत्येक प्रहरी कर्मचारीको आत्मासँग जोडिएको प्रत्यक्ष जिउँदो इतिहास हो’, मञ्चका संयोजक पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘

अपर्याप्त बजेटमा कसरी प्रहरी कर्मचारी र नागरिकको सहयोगमा स्रोत व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरणको विश्व विद्यालय पनि हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको सरकारले सरकारले २०७५ भदौ १ गते प्रतिष्ठानलाई काभ्रेको पनौती स्थानान्तरण गरी राष्ट्रपति भवन विस्तार गर्नेसम्बन्धी निर्णय बदर गरेको थियो । राष्ट्रपति भवन शीतल निवासँगै जोडिएको १ सय १४ रोपनी ३ आना जग्गा प्रहरी प्रष्ठिानकै नाममा नामसारी हुने भएको छ ।

प्रहरीको गौरवान्वित इतिहास बोकेको मौलिक संरचना अर्को सरकारी निकायको बिस्तारका लागि अतिक्रमण गर्ने तत्कालीन सरकारको गलत निर्णय वर्तमान सरकारले सच्याएको मञ्चको भनाइ छ ।