कालिगण्डकी नदीमा बगेर एक बालकको मृत्यु

कालिगण्डकी नदीमा बगेर एक बालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित श्राद्धस्थल नजिकै नदीले बगाउँदा आठ वर्षीय बरुण गौलीको ज्यान गएको हो।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्षीया विमला गौलीसहित १२ जनाको टोली कागबेनीमा श्राद्ध गर्न पुगेको थियो। सो क्रममा दिवङ्गत पितृको नाममा श्राद्ध गरिरहेका बेला उनका छोरा बरुण गौली अचानक कालिगण्डकी नदीमा बेपत्ता भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कागबेनीबाट जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा खटिएको थियो। खोजतलासकै क्रममा श्राद्धस्थलबाट करिब एक किलोमिटर दक्षिणतर्फ कालिगण्डकी नदी किनारमा बालक अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए।

उद्धारपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।