धनगढी – सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले वैशाख १७ गतेका लागि प्रदेशसभा आठौँ अधिवेशन आह्वान गरेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उनले शनिबार वैशाख १७ गते अपराह्न ४:०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।
अधिवेशन आह्वान सम्बन्धी सिफारिसपत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुगेका मुख्यमन्त्री र प्रदेश प्रमुखबिच समसामयिक विषयमा छलफल समेत भएको छ ।




प्रतिक्रिया