काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको एक कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ ।
वाशिङ्टन हिल्टनमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प कुराकानीको बीचमै रहेका बेला ह्वाइट हाउसको टेबलतर्फ हलचल भएपछि स्थिति अचानक तनावपूर्ण बनेको थियो।
ट्रम्पलाई कार्यक्रम स्थलमा गोली चलेको आशंका भएपछि ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरबाट सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ लगिएको छ ।
ठूला आवाजहरू सुनिएपछि सिक्रेट सर्भिसका सदस्यहरूले “तल बस्नुहोस्, तल बस्नुहोस्” भन्दै राष्ट्रपतिलाई तत्काल कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए।
डोनाल्ड ट्रम्प सुरक्षित छन् भने अन्य दुई स्रोतहरूले उपराष्ट्रपति भान्स पनि डिनर स्थलबाट सुरक्षित रूपमा बाहिरिएको सीएनएनले बताएको छ । प्रशासनका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्का सदस्यहरू पनि सुरक्षित छन्।
पछि सिक्रेट सर्भिसले एक व्यक्ति नियन्त्रणमा लिइएको जनाएको छ ।
सीएनएनका वुल्फ ब्लिट्जरले आफू हमलाकारीबाट ‘केही फिट मात्र टाढा” रहेको बताए।’अचानक एउटा हतियारधारी व्यक्ति आयो, त्यो निकै गम्भीर किसिमको हतियार थियो, र उसले गोली चलाउन थाल्यो। म त्यतिबेला उसबाट केही फिट मात्र टाढा थिएँ’ ब्लिट्जरले प्रत्यक्ष प्रसारणमा भने।




प्रतिक्रिया