मनोहरामा पुग्याे डोजर, सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरु)

मनोहरामा पुग्याे डोजर, सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्ध चोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू खाली गर्न सुरु गरेकाे छ ।

शनिबार बस्ती खाली गर्ने क्रममा प्रहरीमाथि दुर्व्यवहार भएको थियो । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

यससँगै सो क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।  सुकुमबासीहरु आफै समान सारिरहेका छन् भने उनीहरुलाइ नेपाल प्रहरीले पनि सघाइरहेको छ ।

त्यस क्षेत्रमा १० वटासम्म डोजर परिचालन गरिनेछ।

सरकारले काठमाण्डु महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गरेको छ ।

वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार बिहान १२ः३० बजे खाली गरिएको थियो ।बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए ।

सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई तत्कालका लागि काठमाण्डुका विभिन्न होटेलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ ।

यस्तै, घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधा स्वामी सत्सङ्ग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ ।