२७ सयले बढ्यो सुनको भाउ

२७ सयले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको हो । शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको हो ।

शुक्रबार २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेर ४ हजार ९९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।