काठमाण्डु– सरकारले काठमाण्डुका सुकुमबासीलाई हटाउन थालेपछि अन्य जिल्लामा सरकारी जमीन हडपेर बसेका स्थानीय आफैँ ठाँउ खाली गर्न थालेका छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि सरकारी जग्गामा बनेका घर–टहरा स्थानीयले आफैँ हटाउन थालेका हुन्।
बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गर्दै घर–टहरा हटाउन आग्रह गरेपछि त्यहाँका बासिन्दा आज बिहानैदेखि आफ्नो संरचना हटाउँदै अन्यत्र सर्न थालेका छन्।
उक्त क्षेत्रमा करिब दुई दर्जन घर–टहरा रहेको जनाइएको छ।
साबिक कित्ता नं. ३९६ (हाल कित्ता नं. ७८१२६११३४) मा पर्ने करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका संरचना हटाउन उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो।




प्रतिक्रिया