संसदीय दलको नेता चुन्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

संसदीय दलको नेता चुन्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

यस्तै कार्यसम्पादन समितिको बैठक लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बस्ने सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

दलको नेता चयन गर्न शुक्रबार निर्वाचन तोकिएको थियो तर सहमतिमै नेता चुन्ने भन्दै स्थगन गरिएको थियो ।