दशरथ रंगशालामा रहेका सुकुम्बासीहरुको स्वास्थ्य जाँच गरियो

दशरथ रंगशालामा रहेका सुकुम्बासीहरुको स्वास्थ्य जाँच गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अव्यवस्थित बस्तीबाट दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।काठमाण्डु महानगरपालिकाले शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो ।

अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।

यस्तै मनोसामाजिक परामर्शका लागि बहुविवाह गरेका, श्रीमान नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिइएकाे छ ।

पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिए ।