विस्थापित सुकुमबासीमध्ये कति आए सरकारको सम्पर्कमा ?

विस्थापित सुकुमबासीमध्ये कति आए सरकारको सम्पर्कमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले आज पनि काठमाण्डु उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण क्षेत्रका सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।

हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली आइतबार बिहानैदेखि खटिएका छन्।

काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका( ८ स्थित गोठाटार बुद्धचोक र ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीका संचरना हटाएर खाली गरिएको छ।

बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका परिवारका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ।

मनहराका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाण्डु–९ स्थित गैरीगाउँ र ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिने सरकारले जनाएको छ।

शनिबार काठमाण्डु ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो।

थापाथली क्षेत्रको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ।

बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।