भोजपुरमा बाढीले पुल बगायो,चखेवा सडक पूर्ण अवरुद्ध

भोजपुरमा बाढीले पुल बगायो,चखेवा सडक पूर्ण अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारी वर्षासँगै आएको बाढीले मोटरेबल पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको तीव्र बहावले पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो।

स्थानीयका अनुसार खोल्सामा पानीको बहाव अत्यधिक बढेपछि पुल धान्न नसकी बगाएको हो। यो सडक मध्यपहाडी लोकमार्गसँग जोडिने महत्वपूर्ण मार्ग भएकाले अवरुद्ध हुँदा दैनिक आवतजावतमा ठूलो समस्या उत्पन्न भएको छ।

सडक बन्द भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ ,बिरामी ओसारपसार, विद्यार्थीको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानीमा असर परेको छ। भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बाढीले पुल बगाएपछि वैकल्पिक व्यवस्था गर्न प्रयासरत रहेको बताए।