सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

आईतबार सामाजिक सञ्जालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो भन्ने प्रश्न गरे ।

उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरिब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’

उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए । ‘माननीय रवि लामिछानेजी कता हराउनु भयो ? सरकारले के गर्‍या त्यस्तो, जनता सडकमा रात बिताउन थाले हिजोदेखि,’ उनले लेखेका छन् ।

सदन चाँडो खोल्न समेत उनले आग्रह गरेका छन् ।