प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के सशस्त्रले पाउँदैछ नयाँ आईजीपी ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के सशस्त्रले पाउँदैछ नयाँ आईजीपी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अपराह्न २ बजेका लागि बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । श्रोतका अनुसार बैठकमा केही नियमित कार्यसूचीमा छलफल हुनुका साथै सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्ति हुन सक्ने सम्भावना छ ।

हालका महानिरीक्षक राजु अर्याल सेवा अवधि सकाएर १८ वैशाखमा घर जाने भएपछि सरकारले नयाँ नियुक्त गर्न लागेको हो । अर्यालले गत साता नै बिदाका लागि गृह मन्त्रालयमा निवेदन दिए पनि स्वीकृत भएको छैन ।

सशस्त्रको महानिरीक्षकका लागि अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश ठाडा मगर आकांक्षी छन् । सरकारले वरियता र ज्येष्ठताका आधारमा नियुक्ति गर्ने बताएकाले पौडेलले सशस्त्रको नेतृत्व पाउने सम्भावना बढी छ ।