कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा आङ्देम्बेलाई दलको नेता बनाउने निर्णय गरेको हो ।

सो निर्णयलाई  जारी संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी रहेकाे नेता नैन सिंह महरले काठमाण्डुपाटीलाई बताए ।छ ।

सोमबार बिहान उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएका थिए ।

पूर्वसहमहामन्त्री अर्जननरसिंह केसी, मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दाबी गरेकोमा आङ्देम्बेलाई दल नेता बनाउने सहमति जुटेको हाे ।

पार्टीले जुटाएको सहमति अनुसार सांसदहरूबीचमा छलफल भइरहेकाे छ ।

कांग्रेसमा ३८ जना सांसद छन्। आङदेम्बे पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन्।