काठमाण्डु – सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
हालका आईजीपी राजु अर्याल आगामी वैशाख १८ गते ४ वर्षे कार्यकाल पूरा गरी अवकाशमा जाँदैछन् । पौडेल २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।
२०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि १ पद बढुवा भएर उनी डीएसपीमा समायोजित भएका हुन् ।




प्रतिक्रिया