काठमाण्डु- सर्लाहीको लालबन्दीमा जंगली बँदेलको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा लालबन्दी नगरपालिका १५ पिडखोल्सा बस्ने ३२ वर्षीय प्रेमबहादुर थिङ दावा हुन् ।
बदेलको आक्रमणबाट घाइते भएको थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार जंगली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरेपछि थिङ केही दिनदेखि मकै रेखदेखका लागि खेतमा बस्दै आएका थिए।
प्रहरी टोलीले मध्यराति नै घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको छ।




प्रतिक्रिया