शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – व्यवसायी शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ ।

अदालतले सोमबार गोल्छालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।

गोल्छालाई गत बिहीबार पक्राउ परेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा गोल्छालाई पक्राउ गरी ४ दिन म्याद थपेर अनुसन्धान भइरहेको थियो ।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसूरमा ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते काठमाण्डु जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको शेयर कारोबारको विषयमा सहयोग गरेको अभियोगमा गोल्छालाई प्रहरीले पक्राउ गरेको थियो ।