३ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

३ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार सुनको मुल्य तोलाको ३ हजारले घटेको हो ।

सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४५ मा कारोबार भएको थियो ।