घरभित्र पसेको भन्दै दलित बालकमाथी निर्घात कुटपिट

घरभित्र पसेको भन्दै दलित बालकमाथी निर्घात कुटपिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–५ का पुर्णबहादुर विकका ११ वर्षीय  बालक खगेन्द्र विकमाथि कुटपिट भएको छ ।  कुटपिट घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा संलग्न भएका स्थानीय टोपबहादुर खत्रीसहित, भीमबहादुर खत्री र मस्तबहादुर खत्रीलाई मंगलबार विहान दाङबाट पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार खगेन्द्र खेल्ने क्रममा टोपबहादुरको घरमा छिरेपछि उनीमाथि कुटपिट भएको थियो । उनको टाउको र आँखामा चोट लागको छ ।

घटना सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएपछि प्रहरीले तत्कालै अनुसन्धान सुरु गरेर संलग्न दोषिलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार दोषिलाई विभेद तथा अमानवीय व्यवहारसम्बन्धी मुद्दामा कानुनी कारबाही अघि बढाइने छ।