हिमालय माविका प्रधानाध्यापविरुद्ध ९३ लाखको भ्रष्टाचार मुद्दा दायर

हिमालय माविका प्रधानाध्यापविरुद्ध ९३ लाखको भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हिमालय माध्यमिक विद्यालय दमक झापाका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई बनाएर सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएर भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मंगलबार विशेष अदालत काठमाण्डुमा आरापपत्र दायर गरिएको छ ।

भवन निर्माण बाहेक उनीहरुले आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ देखिकै नगद मौज्दात हिनामिना गर्दै आएको पाइएको छ ।

उनीहरुसँग ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गरेको छ।