काठमाण्डु– प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता एवं सांसद मनिष झाको अनुरोधमा जनधपुरधाम मन्दिर परिसरलाई सवारी पार्किङ निषेधित क्षेत्र बनाउन सुरु गरेको छ ।
झाले निर्देशनपछि ट्राफिक प्रहरीले मन्दिर परिसरमा पार्किङ गरिएका निजी सवारी साधनमा ह्वील लक लगाउन थालेको हो ।
ट्राफिक प्रहरीले सवारी साधनमा लक लगाइरहेको तस्बिर पोष्ट गरेर झाले विश्वको सम्पदाका रुपमा रहेको जानकी मन्दिर पार्किङ स्थल नभएको बताएका छन् । उनले आगामी दिनमा यस्तो हेलचेक्र्र्याईं नगर्न समवद्ध पक्षलाई आग्रह समेत गरेका छन् ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने तथा मन्दिरलाई ट्रष्टमार्फत सञ्चालन गर्ने तयारी भइरहेका बेलामा न्यूनतम अनुशासन जरुरी रहेको तर्क झाको छ ।
‘जानकी मन्दिर हो, विश्वको सम्पदा हो, पार्किङ स्थल होइन । यस प्राङगणभित्र पार्किङ गरेर राखिएको सबै सवारीसाधनमा लक लगाउन ट्राफिक प्रहरीलाई अनुरोध गरेको छु । ताकि आइन्दा यो हेलचेक्र्र्याईं न होस्’, झाले लेखेका छन्, ‘यसमा अनुशासन आवश्यक छ । विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, जानकी मन्दिरलाई ट्रस्टमा लाने पहल भइरहेको बेलामा यस्तोमा न्यूनतम अनुशासन नभएसम्म हुँदैन । सबैलाई जनकपुरधाम र धरोहरहरूलाई माया र संरक्षण गर्न अनुरोध छ ।’





प्रतिक्रिया