चलचित्र ‘लालीबजार’को प्रदर्शन नगर्न उच्च अदालतको आदेश

चलचित्र ‘लालीबजार’को प्रदर्शन नगर्न उच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि नगर्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले वैशाख २२ गतेसम्म लालीबजारको प्रदर्शन रोक्न आदेश दिएको हो ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै अदालतले आदेश दिएको छ । चलचित्रका केही शब्दहरूमा आपत्ति भएको जनाउँदै नेपालीले रिट दायर गरेकी थिइन् ।

यम थापा निर्देशित फिल्म वैशाख १८ गतेदेखि प्रदर्शन गर्ने तयारी थियो । षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।

सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिएको छ ।