महावीर पुनको सम्पत्ति विवरण- पोखरामा २८ रोपनी जग्गा, अरु के-के ?

महावीर पुनको सम्पत्ति विवरण- पोखरामा २८ रोपनी जग्गा, अरु के-के ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वमन्त्री एवम् सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद हुन् ।

उनले आफूसँग २८ रोपनी जग्गा र करिब ३ तोला सुन रहेको जनाएका छन् । सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले बताएका छन् ।

उनीसँग कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा ४ ठाउँमा करिब २८ रोपनी (२७ रोपनी, १५ आना चार पैसा) जग्गा रहेको छ ।

यस्तै उनको नेपाल बैंक लिमिटेडमा ४ लाख, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको छ । उक्त रकम चुनावी चन्दा भनेका छन् । प्रतिनिधि सभा निर्वाचन लड्दा सहयोगीहरुले दिएको चन्दाबाट बचेको उनले उल्लेख गरेका छन् ।

यसबाहेक आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार जति बेचेको र त्यसबाट प्राप्त सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखा सन्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरेको उनले जनाएका छन् ।