सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कङ्काल फेला

सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कङ्काल फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला परेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएका स्थानीयवासीले भरत ताल छेउमा कङ्काल देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले यस सम्बन्धि अनुसन्धान अघि बढाएको छ ।