जतिन्द्रको सतकमा ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

जतिन्द्रको सतकमा ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा ओमानले नेपाललाई ३०६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ सय रन जोड्यो ।

ओमानका लागि जतिन्द्र सिंहले सतक हानेका छन् । उनले ९६ बलमा १३० रन बनाए । यस्तै आशिष ओडेदराले २३, हम्मद मिर्जाले ३०, आर्यन विष्टले ३५, जितेनकुमार रामानन्दीले ४३ र विनायक शुक्लाले २३ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ४, सन्दिप लामिछानेले २ र दिपेन्द्र ऐरीले २ विकेट लिए ।