आज डोनाल्ड ट्रम्पका विशेष दूत गोर नेपाल आउँदै, बालेनसँग भेट्लान ?

आज डोनाल्ड ट्रम्पका विशेष दूत गोर नेपाल आउँदै, बालेनसँग भेट्लान ?

अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट पक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज नेपाल आउँदैछन् । ३ दिने नेपाल भ्रमणका लागि आज उनी काठमाण्डु ओर्लदैछन् ।

दक्षिण तथा मध्य एशियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पॉल कपुरको नेपाल भ्रमणपछि गोर नेपाल आउन लागेका हुन् ।अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर ११ दिनअघि नेपाल भ्रमणमा आएका थिए ।

उनको भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। साथै, उनले सगरमाथा क्षेत्रको पनि भ्रमण गर्नेछन्।

पहिलेबाट तय भएका आधिकारिक कार्यक्रमका कारण यस भ्रमणमा प्रधानमन्त्री बालेन शाहसँग भेट हुने तालिका भने राखिएको छैन।

गोरले यसअघि उनी बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए । हिजो मात्र उनले काजिकिस्तानका राष्ट्रपतिसँग भेटेका थिए ।