काठमाण्डु– सुकुमबासीहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । अखिल नेपाल सुकुमबासी संघको नेतृत्वमा उनीहरु आन्दोलनमा होमिने तयारीमा छन् ।
संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
संघका अध्यक्ष अमर परियारले सरकारले नागरिकको संवैधानिक हकहरूको उल्लंघनसहित राज्य आतङ्क फैलाउँदै देशभरका लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा डोजर चलाई अमानवीय तरिकाले उठिबास लगाउने कार्य गरेकाले त्यसविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गर्न लागिएको बताए ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्देशनमा सुरक्षाकर्मीले हालै मात्र काठमाण्डु उपत्यकाका थापाथली, सिनामंगल, मनोहरासहितका नदी किनारमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाएका थिए ।




प्रतिक्रिया