रोकिएन नेप्सेको ओलारो यात्रा

रोकिएन नेप्सेको ओलारो यात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबार पनि शेयर बजार मापक नेप्सेको ओरालो यात्रा रोकिएन ।

हप्ताको तेस्रो कारोबार दिन बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८ अंकमा झरेको छ । यस दिन कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन ४ अर्ब ९८ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ९१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्यो भने १६१ कम्पनीको घट्यो । १० कम्पनी स्थिर रहे ।

बैंकिङ समूह ०.०२ तथा उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले बढेका छन् । बाँकी सबै सूचक घटेका छन् ।

विकास बैंक ०.४८, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४, हाइड्रोपावर ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, माइक्रोफाइनान्स ०.३४, निर्जीवन बीमा ०.०२, अन्य ०.९७ तथा व्यापार समूहका सूचक ०.६३ प्रतिशतले आरालो लागे ।

रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर क्रमश: सर्वाधिक कारोबार भए ।