देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— आज शुक्रबार देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।


विभागका अनुसार कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि यस्तै खालको वर्षा हुन सक्ने जनाइएको छ।
आज राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।