बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।
दसैँ बिदाका कारण यसबिचमा विभिन्न संघसंस्थाका रक्तदानका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिए ।
रगत अभाव भएसँगै केन्द्रका तर्फबाट संघसंस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ । संस्थाको आह्वानसँगै मंगलबार चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत संकलन भएको उनले जानकारी दिए । रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले रेडक्रस हेटौँडा शाखासँगको समन्वयमा कात्तिक १२ गते बिहीबार बिहान ७ बजे हेटौँडा मेनरोडस्थित बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए ।
रगत अभावको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उनले रक्तदानका लागि सबैमा अनुरोध गरे । रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौँडामा दैनिक १०–१५ युनिट रगत आवश्यक हुने गरेको छ । हेटौँडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामी रहेका कारण रगत अपरिहार्य हुने गरेको उनले बताए ।


प्रतिक्रिया