काठमाण्डु- पोखराको पुम्दीभुम्दी क्षेत्रमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खाडेखोला नजिकै बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो। घाइतेहरू बेगनासबाट सेतिदोभानतर्फ कुलपुजामा जाँदै गरेका थिए।
दुर्घटनामा घाइते भएका सबैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ। उनीहरूको अवस्था बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरूको पहिचान खुल्न बाँकी छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया