दीपेन्द्रको सतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

दीपेन्द्रको सतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक बनाएका छन्। उनले ९४ बलमा शतक प्रहार गरेका हुन्। उनले १३ चौका र एक छक्का प्रहार गरे। यस्तै विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे।

यस्तै यूएईका लागि बलिङतर्फ अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिए।