काठमाण्डु– वीरगञ्ज भन्सार कार्यालयले ३ दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास मार्फत ३ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ।
वैशाख १५ गते ३५ करोड, वैशाख १६ गते एक अर्ब ९० करोड, वैशाख १७ गते पनि ९० करोड राजस्व सङ्कलन भएको हो ।
पेट्रोलियम पदार्थको भन्सार जाँचपास भएकाले पनि सो रकम राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।
वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्।
उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि भन्सारबाट उक्त राजस्व संकलन भएको हो ।
आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो ।
सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया