विष्णुमति किनाराको सुकुमबासी बस्तीमा डोजर चल्यो

विष्णुमति किनाराको सुकुमबासी बस्तीमा डोजर चल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सरकारले नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका सुकुमबासी बस्ती हटाउने अभियानलाई दोस्रो चरणमा तीव्रता दिएको छ। यस क्रममा शनिबार पनि काठमाडौंका विभिन्न स्थानमा डोजर परिचालन गरिएको छ।आज बिहान बालाजु र माछापोखरी क्षेत्रका अतिक्रमित बस्तीमा डोजर चलाइएको हो।

स्थानीय प्रशासन र सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको अभियानका क्रममा नदी किनार र सार्वजनिक क्षेत्र ओगटेर बनाइएका अस्थायी संरचना हटाइएको बताइएको छ।

यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु र बंशीघाट क्षेत्रका सुकुमबासी बस्तीमा पनि डोजर चलाइएको थियो। त्यहाँका धेरै घरटहरा हटाइएका छन् भने केही स्थानमा अझै पनि हटाउने काम जारी रहेको जनाइएको छ।


सरकारले पहिलो चरणमा थापाथली, गैरी गाउँलगायत क्षेत्रका सुकुमबासी बस्ती हटाइसकेको थियो। दोस्रो चरणमा थप क्षेत्र समेट्दै अभियान विस्तार गरिएको हो। सार्वजनिक जग्गा संरक्षण, नदी किनारको व्यवस्थापन तथा बाढी जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको जनाएको छ। तर प्रभावित स्थानीयले भने वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्।