काठमाण्डु– अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाइएको छ।
अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन डोजर प्रयोग गरिएको हो। सरकारले अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउँदै आइरहेको छ ।
सरकारले आजै स्वयम्भू, बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्ती भत्काउने काम गरिरहेको छ । शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो ।

बल्खुमा ४०१, बंशीघाटका १९३ र शंखमुलका १५० पक्की घर–टहरा र छाप्रो भत्काएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बस्तीमा डोजर लागेपछि १ हजार ४१४ जना सरकारको सम्पर्कमा आएका छन् ।














प्रतिक्रिया